काठमाडौं । बलिउडका चर्चित कलाकार अनुपम खेरले आफ्नो आत्मकथा लेख्दैछन्, जुन आगामी अगस्टसम्ममा प्रकाशन भइसक्ने सम्भावना रहेको बताइएको छ । अभिनेता अनुपमको यस पुस्तकको नाम लेसन्स लाइफ टट् मि अननोइङ्गली’ हो ।
यस पुस्तकका प्रकाशक पेन्गुइन् रेण्डम हाउसले भन्यो, ‘यो एक असाधारण र मनलाई छुने पुस्तक हुनेछ । जहाँ अभिनेता खेरले पर्दा पछाडिका केही तथ्यहरु खुलासा गर्नेछन् । त्यस्तै आफ्नो जीवन र अहिलेसम्म सिकेको कुरालाई यस पुस्तकमा समावेश गर्नेछन् ।’
प्रकाशकले सोमबार यो कुराको जानकारी गराउँदै भन्यो, ‘अभिनेता अनुपम खेरको जीवनको कहानी कुनै भव्य मसला बक्स अफिस हिट भन्दा कम छैन । बलिउडका कुशल कलाकारको रुपमा चर्चित अनुपम खेरले विभिन्नका भाषाको ५३० भन्दा बडी फिल्ममा काम गरिसकेका छन् ।’
उनले दुई पटक राष्ट्रिय पुरस्कार र आठ फिल्मफेयर पुरस्कार पाइसकेका छन् । अनुपमले आफ्नो फिल्मी करियर सारांश र ड्याडीबाट सुरु गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।