काठमाडौं, १० असार । यो वर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’मा चर्चित बाल कलाकार अनुभव रेग्मीको इन्ट्री भएको छ । निर्माता सन्तोष सेनका अनुसार मंगलबार साँझ बाल कलाकार अनुभवसँग सम्झौता गरिएको छ ।
यो फिल्ममा अनुभवले मुख्य अभिनेता प्रदीप खड्काको बाल्य अवस्था अर्थात ‘प्रेम’को भूमिकामा दर्शकमाझ प्रस्तुत हुनेछन् । निर्माता तथा निर्देशक सेनले भन्नुभयो,–‘प्रेम’ सानो हुँदाको भूमिकामा अनुभव अत्यन्त फिट देखिए । त्यसैले आज हामीले अनुभवसँग सम्झौता गरेका छौं ।’
करिब ४ करोड लागतमा बन्न लागेको ‘प्रेमगीत–३’का लागि यस अगावै बरिष्ठ अभिनेता शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की र प्रेम पुरी फाइनल भइकसेका छन् ।
अहिलेको समयमा यो फिल्मको प्रि–प्रोडक्सन अन्र्तगतको कास्टिङ चयनको कार्यको अन्त्यमा पुगेको बताइएको छ । जानकारी अनुसार एक साताभित्र फिल्मकी मुख्य अभिनेत्री अर्थात ‘गीत’ पात्रलाई अनाउन्स गरिनेछ ।
निर्माण पक्षले ‘प्रेमगीत–३’ का ‘गीत’ पात्रका लागि अडिसन आह्वान गरेको थियो । जहाँ विश्वभरबाट २,७२४ जना नेपाली युवतीहरुले फारम भरेका थिए । जसमध्ये छनौट गरिएका उत्कृष्ट २५ को अडिसन भर्खरै सम्पन्न भएको छ ।
निर्माण पक्षले अब यिनै २५ जनामध्येबाट एक जना कुशल ‘गीत’ पात्रलाई छानौट गर्नेछ । अब ‘गीत’ बन्ने सौभाग्य कसले पाउला ? त्यसको लागि केही समय कुर्नुनै पर्ने भएको छ ।
यसै वर्षको चैत २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत–३’लाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।