काठमाडौं । काठमाडौंमा ‘आदित्य नारायण झा ‘लाइभ इन नेपाल’ कार्यक्रम आयोजना गरिने भएको छ । अागामी असार २१ गते क्लब फरेनहाइटको आयोजनामा झाकाे ‘लाईभ कन्सर्ट’ गरिने भएको हो ।
अंग्रेजी मिती अनुसार जुलाईको ६ तारिखका दिन राजधानीको ठमेलमा गायक झाले स्टेज तताउने भएका छन् । कन्सर्टमा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् । आदित्य चर्चित गायक उदित नारायण झा र गायिका दीपा झाको सुपुत्र हुन् ।
केहि वर्ष अगाडी पोखरामा कन्सर्टमा गरेका थिए । नेपाल आउने भनेर उनी आफैले सामाजिक सजाल मार्फत जानकारी पनि गराएका छन् ।
उनले भिडियाेमा ‘जुलाई ६ मा भिजिट नेपाल २०२० अन्तर्गत नै नेपाल आउँदैछु’ भनेका छन् । उनको लाईभ कन्सर्ट हेर्न प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको निर्धारण गरिएको आयोजकले जनाएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।