एजेन्सी । क्यान्सर रोगलाई जितेर बलिउड फर्केका अभिनेता इरफान खानले पूनः फिल्म बनाउँदैछन् ।यस फिल्म ‘अंगेजी मिडियम’ मा उनको साथमा नायिका करीना कपुर पुलिसको भूमिकामा देखिंदैछिन् । यस्तैमा यसै फिल्मसँग सम्वन्धित करीनाको एक फोटो अहिले सामाजिक संजालमा देखिएको छ ।
फिल्म समिक्षक तरण आदर्शले आइतवार करीनाको फोटोलाई आफ्नो ट्विटरमा शेयर गरे लगत्तै आम मानिसहरुले करीनालाई ट्रोल बनाउन शुरु गरे उनिहरुले करीनालाइ आन्टी जस्ती देखिएकी भन्दै जायरा वासिमले जस्तै अब रिटायर हुने बेला आएको कमेन्ट गरेका छन्। यस फिल्ममा करीनाको छोटो भूमिका रहे पनि महत्वपूर्ण रहने बताइएको छ ।
‘अंग्रेजी मीडियम’ इरफानको २०१७मा आएको फिल्म हिन्दी मिडियमको सिक्वेल हो जुन आगामी वर्ष २५ अप्रिलमा रिलिज हुँदैछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।