काठमाडौं । ‘आमा’ फिल्म बन्ने भएको छ । गएसोमबार पशुपतिनाथ मन्दिरमा फिल्मको पहिलो सट छायाङ्कन गरी शुभारम्भ गरिएको छ । फिल्मलाई दीपेन्द्र के खनालले एक्शन–कट गर्दैछन् ।
यो फिल्ममा सुरक्षा पन्त, सूर्य माया खनाल, मनिष निरौला लगाएतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । शर्मिला पाण्डेको लगानी रहेको यो फिल्मलाई आगामी फागुन ९ गतेबाट दर्शकमाझ रिलिज गरिने निर्माण पक्षले घोषणा गरेको छ ।
कलाकरहरुको कुशल संयोजन र सरल कथावस्तुलाई पर्दामा प्रस्तुत गर्न सिपालु दीपेन्द्रको यो फिल्मले पनि दर्शकहरुलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।