काठमाडौं । निर्देशक दिपेन्द्र लामाले निर्देशन गेरको फिल्म ‘छ माया छपक्कै’ सर्वाधिक महँगो मुल्यमा इन्टरनेशनल राइट्स बिक्री भएको बताइएको छ।
निर्मात्री दिपाश्री निरौलाका अनुसार फिल्म करोड भन्दा बढि मुल्यमा बिक्री भएको हो । पहिलो पटक करोड भन्दा बढि राइट्समा बिक्री भएको यो फिल्मको इन्टरनेशनल राइट्स निशान बजगाँइले खरिद गरेका छन् । यो फिल्म विदेशमा बिक्री भएको लिखित सम्झौता सोमबार भएको जनाइएको छ ।
‘छ माया छपक्कै’ फिल्म बजगाई मुभिज प्राइभेड लिमिटेडले किनेको हो । दिपकराज गिरी र केकी अधिकारीसंगै दिपाश्री निरौलाकेदार घिमिरे, जितु नेपाल लगायत कलाकारको मुख्य भुमिका भएको फिल्म ‘छ माया छपक्कै’ दशैं देखि प्रर्दशनी हुँदैछ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।