एजेन्सी । अभिनेता शाहिद कपूर र अभिनेत्री कियारा अडवानी अभिनित फिल्म ‘कवीर सिंह’ले लगातार दोस्रो साता पनि बक्स अफिसमा राम्रो ब्यापार गरिरहेको छ । रिलिजमा आएको ११ औं दिनमा फिल्मले बक्स अफिसमा ९.७ करोडका ब्यापार गरेको छ । यो फिल्मले अहिलेसम्ममा बक्स अफिसमा १९०.६४ करोड रुपैयाको कलेक्शन गरिसकेको छ । ट्रेड एक्सपर्टसको राय अनुसार ‘कवीर सिंह’ २०१९ को सबै भन्दा ठूलो गेम चेञ्जर फिल्म बनेको छ ।
दोस्रो सातामा यो फिल्मले शनिबारको दिन १७.१० करोड, आइतबारका दिन १७.८४ करोड र सोमबारका दिन ९.०७ करोडको ब्यापार गरेको छ । दोस्रो साताको सोमबारसम्म यो फिल्मले कुल १९०.६४ करोडको ब्यापार गर्न सफल भएको छ । रिलिजमा आएको १२ औं दिनमा यो फिल्मले २०० करोडका क्लबमा इन्ट्री गर्ने पक्का जस्तै भएको छ ।
‘कवीर सिंह’को सक्सेस रेटलाई आँकलन गर्दै ट्रेड एनालिष्ट तरण आदर्शले ट्वीट गर्दै लेखेका छन्, ‘यो फिल्मले चाँडै २५० करोड, २७५ करोड हुँदै ३०० करोडमा आँकडा पार गर्नसक्नेछ । यो २०१९ कै बेस्ट ट्रेण्डिङ फिल्म बनेको छ ।’
‘कवीर सिंह’ तेलेगु फिल्म ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक हो । यो फिल्ममा शाहिद, कियाराको साथमा आदिल हुसेन, साहम मजुमदार, अर्जुन, सुरेश ओबेराँय, निकिता दत्त र कुणाल ठाकुर मुख्य भूमिकामा छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।