काठमाडौं, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी. साउदले भारतको फिल्मसम्बन्धी आईफा अवार्डबारे सुरुवातदेखि नै राम्रो छलफल तथा तयारी नगर्दा आज यो अवस्था सिर्जना भएको टिप्पणी गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै साउदले आईफा अवार्ड नेपालमा गर्नुपर्छ भनेर यदि भारतीय पक्षले आग्रह गरेको भए त्यसमा नेपाल सरकारले सकारात्मक रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘भारतीय पक्षले यदि यस्तो आग्रह गरेको भए नेपालले त्यसको लागि आवश्यक पूर्वाधारको व्यवस्थापन र सहजीकरण गर्नुपर्ने थियो । यसमा हामीले अन्यथा लिनुपर्ने कारण हुन सक्दैन थियो ।’
नेपालको पर्यटन प्रर्वद्धन तथा विकासमा पनि उक्त अवार्ड नेपालमा हुँदा उपयुक्त हुने उहाँको धारणा थियो ।
आयोजित यस साक्षात्कारमा बोल्दै उहाँले आईफा अवार्ड नेपालमा गर्नेबारेको सम्भाव्यता अध्ययनमा नेपाल सरकार हदैसम्मको गैरजिम्मेवार देखिएको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालले आर्थिक व्ययभार बोकेर अवार्ड कार्यक्रम गर्नु उपयुक्त थिएन र छैन ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।