काठमाडौं । फिल्म ‘चपली हाइट’को तेस्रो सिरिजमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने पक्का भएको छ ।
अर्जुन कुमारको लगानीमा बन्ने फिल्मको निर्देशक निकेश खड्काले निर्देशन गर्ने भएका छन् । फिल्म साउनदेखि छायाङ्कनमा जाने निर्माता टोलीले बताएका छन् ।
निर्माता अर्जुनका अनुसार अघिल्ला दुई सिरिजझैँ यो सिरिज पनि नौलो कथामा निर्माण हुनेछ ।
फिल्मको प्रदर्शन मिति मङ्सिर ३० तोकिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।