काठमाडौं । बलिउड उधोगमा अभिनेत्री कंगना रनौटलाई छुद्र अभिब्यक्ती दिने अभिनेत्रीको रुपमा लिइन्छ ।
पछिल्लो समय यी नायिका पत्रकारसँगको सवाल जवाफका कारण चर्चामा छिन् । रनौट भारतीय चलचित्र पत्रकासँगको विवादले चर्चामा छिन् । आइतबार फिल्म ‘जजमेन्टल हे क्या’ को गीत सार्वजनिक गर्ने क्रममा पत्रकार जस्टिनसँग आक्रामक रुपमा उत्रिएकी भन्दै भारतीय फिल्मी पत्रकारहरुले खेद ब्यक्त गरे । पत्रकारले कंगनालाई उग्रराष्ट्रवादी भएको कारण फिल्म मणिकर्णिका बनाएको हो ? र किन यो फिल्म पाकिस्तानमा रिलिज गरियो ? भनी प्रश्न तेस्र्याएका थिए । जवाफमा कंगनाले पत्रकारहरुको लेखाई निच हुने प्रतिक्रिया दिएकी थिइन् ।
पत्रकार जस्टिन राव र कंगना रनावटको विवाद चुलिँदै गएपछि मंगलबार ‘इन्टरटेनमेन्ट जर्नलिस्ट गिल्ड अफ इन्डिया’ नामको संस्थाले एक पत्र जारी गर्दै कंगनालाई प्रतिबन्ध गलाउने घोषणा गरेको थियो ।
यसको प्रतिक्रिया दिँदै कंगनाले एक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनी भन्छिन्, ‘म तपार्इँलाई हात जोडेर निवेदन गर्छु कृपया मलाई प्रतिबन्ध गर्नुस् । किनकी म चाहदिनं की मेरो कारणले तपाईंहरुको घरमा चुल्हो बलोस् ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।