काठमाडौं । महिलाका लागि विशेष महिनाका रूपमा मानिने साउनमा महिलाहरुले हरियो चुरा र मेहन्दी लगाउने एक प्रकारको उत्सवको रुपमा लिने गरेका छन् । साउन आउने वितिकै महिला तथा युवतीहरुले हातमा हरियो चुरा र मेहन्दी लगाउने एकखालको परम्परा नै बनिसकेको पाइन्छ ।
‘नाडीमा हरियो चुरा, हत्केलाभरी मेहन्दी, शरीरमा हरियो र पहेँलो वस्त्र, शिव भगवानको मन्दिरमा भीड ।’ यो साउन महिनाको विशेषता हो । धर्म-कर्ममा रुचि राख्ने हिन्दूहरुको लागि साउन महिना ब्रत, पूजापाठ, नदीमा स्नान गर्दै शिवालयमा जल चढाउनको लागि उत्तम समय मानिन्छ । हिन्दू संस्कारमा साउन महिनालाई विशेष महिनाको रुपमा लिने गरिएको छ ।
समयसँगै परिवर्तनशिल समाजमा पछिल्लो समय साउने प्रचलनमा केही रुपान्तरण पनि आएको छ । महिलाहरू चुरा, पोते लगाएर फोटोसुट गर्नका साथै साउनमा झन सजिएर बस्ने गरेका छन् ।
साउनलाई महिला विशेष रुपमा मनाउँनका लागि काठमाडौं मल स्थित ‘स्वप्न मेकअप स्टुडियो’ले विशेष श्रृगार एवं फोटोशुटको सिजन सुरु गरेको छ । स्वप्न मेकअप स्टुडियोले साउने महिनामा महिलाका लागि कला र फेसनलाई फ्युजन गर्दै साउने फोटोसुटको सिजन पनि सुरु गरेको हो ।
यसैबीच स्वप्न मेकअप स्टुडियोले नेपाली चलचित्र ‘मितीनी’मा नायिका बिपना थापाको बाल पात्रको भूमिका निर्वाह गरेकी काठमाडौं मोडेल ‘कुसुम सिटौला’लाई मल स्थित स्वप्न मेकअप स्टुडियोले मोडेल कुसुम सिटौलालाई फिचर गरेर पहिलो साउने फोटोसुट गरेको छ ।
चलचित्र ‘मितीनी’मा बाल पात्रको भूमिका निर्वाह गरेकी कुसुम अहिले व्यवसायिक रुपमा म्युजिक भिडियोमा अभिनय गर्नेदेखि भिडियो निर्देशन समेत गर्दै आएकी छन् । आफ्नो पाँच वर्षे मेअकप एवं श्रृगारिक अनुभवलाई व्यवसायिकता दिँदै स्वप्न मेकअप स्टुडियो एण्ड युनिसेक्स सलोनकी सिईओ सोनिया आरएल शाहले साउने फोटोसुटको सिजन सुरु गरेकी हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।