- भगतराम थारु,
नेपालगञ्ज । भर्खरै आदिवासी चलचित्र विकास बोर्डबाट स्विकृति (मान्यता) पाएको थारु फिल्म ‘थारुगिरी’को निर्देशनको जिम्मा केशव चालिसेले सम्हाल्ने भएका छन । बर्दिया जयनगर पथलैया जन्मथलो भएका निर्देशक केशब सानै उमेरदेखि कलाकारिता पेशामा रुची राख्ने गरेको बताउँछन् ।
कलाकारितालाई माया गर्दै गर्दा केशवले थारु फिल्म ‘थारुगिरी’को निर्देशन गर्ने मौका समेत पाएको बताउँछन् । सानै उमेरदेखि विद्यालय तहबाटै नाटक, नृत्य, संगित, गायन लगायत विभिन्न कला सम्बन्धी प्रतियोगितामा भाग लिने र उत्कृष्ट पनि हुने गरेको पनि उनले बताए ।
‘कलाकारिता पेसालाई छोडन सकिन’ उनले भने ‘घरको स्थिति देखेर केही गरौ भन्ने सोचका साथ विदेश पनि गएँ । विदेशमा पनि कलाकारिता पेसालाई माया गरिरहे र विदेशमै नेपालकै पहिलो थारु म्युजिक भिडियो सुटिङ गर्न सफल भए ।’
उनी मोडल समेत हुन् । उनले अभिनय गरेका म्युजिक भिडियोहरु सोसल मिडिया युट्युबमा हेर्न सकिन्छ । उनले विदेशमै बसेर थारु भाषाको गीत ‘सान मारे सान मारे’ भन्ने बोलको गीत छायाङकन गरे ।
थारुमाथि भएको विभेद बिरुद्धको कथामा पहिलो पटक ‘थारुगिरी’ मार्फत निर्देशनको जिम्मा पनि सम्हाल्दै छन् । यो फिल्मको छायाङकन पनि स्वदेश तथा विदेशमा गरिने उनले जानकारी गराए ।
‘थारुगिरी’ फिल्ममा संदिप विसी र सुनिता दहितको मुख्य भूमिका रहने फिल्मका लेखक तथा गायक विश्व सागर परियारले बताए । रुद्राक्ष फिल्म प्रा.लि.को ब्यानरमा बन्न लागेको ‘थारुगिरी’ आरकेसी डिजिटल स्टुडियो पिपरी, कोहलपुरको निर्माण रहनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।