काठमाडौं । साधना म्यूजिक अवार्ड २०७६ अन्तर्गत गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।
यही साउन ६ गते सोमबारको दिन सामना म्यूजिक क्रियशनको आयोजनामा पहिलोपटक साधना म्यूजिक अवार्ड २०७६ हुन गइरहेकाे हाे । साे समाराेहमा लाइफ टाइम अचिभमेन्ट अवार्ड खानेपानी मन्त्री विना मगरको हातबाट प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिएकी छन् ।
प्रतिष्ठित गायिका थापालाई नगद राशिसहित लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गर्न लागिएको अवार्डका सदस्य सचिव गोकर्ण लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत् जनाइएको छ ।
त्यसैगरी गीतसंगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका म्यूजिक खबरका सम्पादक सविता पोखरेल, राष्ट्रखबरका पत्रकार राज लुइँटेल र रेडियो नेपालका संचारकर्मी क्षितिज समर्पण गरी ३ जनालाई ‘साधना संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।
त्यसैगरी अवार्डमा नेपाली गीतसंगीत क्षेत्रमा विशेष योगदान दिएका विशिष्ट कला साधकलाई ‘साधना विशेष सम्मान’ समेत प्रदान गरिने सदस्य सचिव लामिछानेले बताए ।
कार्यक्रममा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्र लगायतका नेपाली गीतसंगीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिने भएको छ । कार्यक्रम राष्ट्रिय सभागृह भृकुटीमण्डमा आगामी असार ६ गते सोमबार दिउँसो १ बजेबाट संचालन हुने सदस्य सचिव लामिछानेले जानकारी दिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।