काठमाडाैं । हितमान रुम्दालीले आफ्नो पहिलो नयाँ गीत लिएर दर्शकमाझ आएका छन् । ओखलढुङगा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका-१ मा जन्मिएका रुम्दालीले ‘तातो रहेछ जवानी’ बोलको गीत लिएर दर्शकमाझ आएका हुन् ।
उक्त गीतकाे शब्द नन्दु राईले लेखेका हुन् भने संगीत पनि नन्दु राईले नै भरेका छन् । राजु कार्कीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोकाे सम्पादन र निर्देशन कुमार सुनार गरेका हुन् ।
राई भि डी विट्सकाे कोरियोग्राफीमा रहेकाे उक्त म्युजीक भिडियाेकाे फिचरिङ आर डी वि डान्स स्टुडियो टिमले गरेकाे छ ।
सानैदेखि गीत सङ्गीत भनेपछि हुरुक्कै हुने रुम्दाली अब सङ्गीत छेत्रमा केही गर्ने बाटो खुलेको बताउँछन् ।
भिडियाे-
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।