काठमाडौं । फिल्म ‘साइनो’को ‘क्या बात छ’ बोलको गीत रिलिज भएको छ । गीतमा अभिनेत्री नीता ढुंगनाको आइटम डान्स रहेको छ । फिल्म त्रिकोणात्मक प्रेमकथा आधारित रहेको बताइएको छ ।
फिल्मको गीतमा मिना निरौलाले स्वर दिएकी छन् । यमन सुवेदीको शब्द रहेको गीतमा किरण भुषालले संगीत भरेका हुन् । फिल्म नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेकी छिन् । रमेश थापाले निर्देशन गरेको फिल्ममा अभिमन्यू ‘निरवी’ले कथा लेखेका हुन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्, भने बनिष शाहले सम्पादन गरेका हुन् ।
फिल्ममा नीता ढुंगाना, मिरुना मगरसंगै राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, धमेन्द्र आचार्य, विशाल पहाडी, बसुकला मैनाली लगायत कलाकारहरु रहेका छन् । फिल्म साउन २४ गतेदेखि प्रर्दशन आउँदै छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।