काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोख्रेको नाममा पक्राउ पूर्जी जारी भएको छ ।
अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट छविराज र शिल्पालाई पक्राउ गर्न प्रहरीले अनुमती पाएको छ । बहुविवाह सम्बन्धी कसूरमा छविराज र शिल्पालाई प्रहरीले खोजीको कार्य अगाडि बढाइएको छ ।
निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छविराज ओझा र अभिनेत्री शिल्पा पोख्रेलविरुद्ध दिएको जाहेरीको आधारमा कालिमाटी वृत्तको महिला सेलले अनुसन्धान गर्न थालेको जनाएको छ ।
निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छविराज ओझा र अभिनेत्री शिल्पा पोख्रेलविरुद्ध बहुबिवाहको मुद्धा चलाएकी थिइन्।
हेमाले महानगरिय प्रहरी वृत्त गौशलामा श्रीमान ओझा र सौता पोखरेलमाथि मुद्धा दायर गरेकी थिइन् । ५३ वर्षीया हेमा र छविको २०४१ सालमा विवाह भएको थियो । उनीहरुका दुई छोराहरु छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।