एजेन्सी । यतिखेर बलिउडमा शाहरूख खानका छोरा आर्यन खानको निकै चर्चा चुलिएको छ । हालै रिलीज ‘द लायन किंग’मा आफ्नो आवाज दिएका आर्यन ‘बाहुबली’ स्टार प्रभाससँग फिल्म खेल्ने खवर बाहिरिएको छ ।
प्रभास र राणा दग्गुबातीको साथमा उनले साउथ फिल्ममा अभिनय गर्ने भारतीय मिडियाले बताएको छ । भारतीय मीडिया रिपोर्ट अनुसार आर्यन खानले निर्देशक गुनेशकको माइथोलजिकल फिल्म’ हिरण्यकश्यप’बाट फिल्म इंडस्ट्रिमा कदम राख्न सक्छन् । उक्त फिल्ममा उनि प्रह्लादको भूमिकामा देखिनेछन् ।
सामाजिक संजालमा खासै सक्रीय नरहने आर्यन खानको शौख भने बलिउडमा जम्नेनै रहेकाे छ र उनलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्देशक निर्माताहरु लागि परेका छन् यसै बिच साउथ फिल्म ‘हिरण्यकश्यप’ मार्फत फिल्मी दुनियाँमा प्रवेष गर्दै छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।