काठमाडौं । फिल्म ‘झिङ्गेदाउ’मा अभिनेत्री आँचल शर्मा भित्रिएकी छन् । अभिनेत्री केकी अधिकारी र अभिनेता मुकुन भुषाल फाइनल भइसकेको फिल्ममा आँचल पनि अनुबन्धित भएकी हुन् ।
फिल्म साहित्यकार भिमनिधि तिवारीको आख्यानमा आधारित रहेको छ । निर्देशक ज्ञानेन्द्र देउजाको फिल्म ‘झिङ्गेदाउ’ भदौदेखि छायाँकनमा जाने बताइएको छ। फिल्ममा आँचलको जोडी भने खुलाइएको छैन ।
फिल्मको लागि अन्य २ मुख्य कलाकार गरिसके पनि निर्माण टिमले सार्वजनिक गरेको छैन ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।