- सुमन कार्की
साउन,९ पाल्पा । तीज नजिकिएसंगै धेरै कलाकारहरु तीज गीत गाउन र भिडियो निर्माणमा व्यस्त भएका छन् । यस्तै क्रममा पाल्पाली चेली धनमाया दिसुवा मगरले पनि आफ्नो पहिलो स्वरमा पहिलो तीज गीतको गेलेनको मादलको भिडियो सार्वजनीक गरेकी छन् ।
धनमाया दिसुवा मगर पाल्पा लोक आइडल २०७५ विजेता हुन् । उनको सुरीलो स्वर मन नपराउने सायदै कम होलान त्यसैले गर्दा पनि पाल्पा लोक आइडल हुन सफल बनिन् उनी । पाल्पाको निस्दी गाँउपालिका घर भएकी दिसुवा सानैदेखि घरैमा घाँस दाउरा गर्दा देखिनै गीत गाउँदै हिड्ने गरेको र गीत संगीत प्रति रुची बढी राख्ने ,आफुमा पूर्ण विश्वास, सवैको साथ र सहयोगले गर्दा नै आइडल बन्न सफल बनेको दिसुपाको भनाइ रहेको छ ।
लोक आइडल भै सकेपछिको पहिलो एल्बम भनेकै गेलेनको मादल भएको छ उनको लागी । सुभतारा म्यूजीक प्रा।लीको सहयोगमा यो एल्बम गर्न सफल भएको उनको भनाइ छ । गीतमा पुराना पुस्ताका पालामा मादल नपाउदा घरमा प्रयोग हुने ग्यालिन लाई थटाएरै मादल बजाक्ष्ने गरिन्थ्यो भन्ने ब्यङ्ग्यामक शैलीमा प्रस्तुत गरिएको छ । गीतमा चर्चित युवा गायक पुर्षोत्तम गैरेको लय, शब्द रहेको छ । धनमाया दिसुवालाई यस गीतको स्वरमा समेत साथ दिएका छन् पुर्षोत्तम गैरेले ।
उनको भिडियो अभिनय भने अहिलेका चर्चित हाँस्य कलाकार पुर्खे र सिर्जना मसराङ्गी ले गरेका छन् । यो गितमा तीजको वेला पुराना पुस्तामा गाइने गरिने क्रियाकलाप समेटर बनाइएको हुनाले पनि श्रोता दर्शकको रोजाईमा पर्नेमा धनमाया निकै आशाबादी रहेको बताउछिन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।