
- भगतराम थारु
नेपालगन्ज । थारु म्युजिक भिडियो ‘करेन्ट मारे’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा बाँके बजैनाथ गाउँपालिका वडा नं. ३ नौवस्ताका विकास विकको निर्देशन तथा फिचरिङमा रहेकाे छ ।
तोहार रुपके केरनी करेन्ट मारे, तोहार आँखीके केरनी करेन्ट मारे, तोहार झिझर दुपत्ता करेन्ट मारे बोलको गीतमा राम कुमार कठरिया र सनिता चौधरीको स्वर रहेको छ । जसमा मोडल विकास विक र पूजा ओलीको मुख्य भूमिका रहेको छ ।
गीतको छायाङकन बाँकेको कोहलपुर, चन्नहवा, बनकटवामा गरिएको छ भने आर. के.सी. डिजिटल स्टुडियो पिपरी कोलपुरका ब्यानरमा निर्माण भएको म्युजिक भिडियोको छायाङकन रामु चौधरीले गर्नुभएको छ ।
मोडल विकास नेपाल आर्मीको जागिर छाडेर कलाकारिता पेसामा जम्दै आएका छन् । नेपाल आर्मीमा करिब ६ वर्ष जागिर गरेर अहिले नेपाली, थारु गीतमा नृत्य निर्देशनको काममा व्यस्त रहेको विकासले भन्नुहुन्छ ।
एक वर्ष भयो जागिर छाडेको अहिले म्युजिक भिडियोको छायाङकन तथा मोडलिङ गर्दै दिन बितिरहेको कलाकार विकासले बताउनुहुन्छ । जागिर गर्नुभन्दा आफू जन्मेको हुर्केको ठाउँ“को कला संस्कृतिलाई जोगाउन कलाकारिता पेसा अँगालेको विकासको भनाई छ ।
एक वर्षमा १० वटा म्युजिक भिडियोमा मोडलिङग तथा डाइरेक्टरको भूमिका निभाइ सकेको मोडेल विकासले भन्नुभयो । जसमा ४ वटा थारु र ६ वटा नेपाली रहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।