- सुदिप पौडेल
पाेखरा । सुवास थापा र दिनेश राउतले निर्माण गर्ने नयाँ सिनेमा ‘सेल्फी किङ’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । सुवास, दिनेश र विपिनको दोस्रो सहकार्य सम्भव भएको छ ।

भदौ १० देखि जुम्लामा छायाँकन हुने सिनेमालाई अमेरिकामा सिनेमा मेकिङको पढाइ सकाएर नेपाल ल्याण्ड भएका बिशाल सापकोटाले निर्देशन गर्नेछन् । सिनेमामा दुई अभिनेत्री हुने छन् । जसको लागि टिमले स्वस्तिमा खड्का र लक्ष्मी वर्देवासँग कुरा गरिरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।