
- सुमन कार्की
पाल्पा,१९ साउन । नेपाली महिलाहरुको महान चाड हरितालिका तिज नजिकीएसगै कलाकारहरुको तीज गीत बजारमा ल्याउने घम्साघस्मी चलिरहेको छ ।
यस्तै क्रममा पाल्पाली लोकप्रिय युवा गायक मिलन खड्काको स्वरमा नयाँ तीज गीत बुझकीले इशारा बुझे मायालु बजारमा सार्वजनीक भएको छ । मिलन खड्काको जन्म थलो भनेर पाल्पाको पश्चिम छहरा गाउँपालिकाको मुझुङ् रहेको छ । २०७३ साल देखि साँगेतीक यात्रा सुरु गरेका हुन् । हाल सम्म दर्जनौ एल्बमहरुमा स्वर दिसकेका छन् मिलन खड्काले ।
लय तथा शब्द आफै मिलन खड्का कै रहेको छ भने स्जरमा भने खड्कालाई साथ दिएकी छन् पछिल्लो समय नक्कले भिनाजु खै त मेरो झाले रुमालवाट चर्चा कमाउन सफल गायीका विष्णु ठट्टराईले । गीतको छायाँकन आशिका प्रोडक्सन पाल्पाको रहेको छ भने निर्देनश भागीरथा गाहा मगरको रहेको छ । राज राई र प्रियंका श्रेष्ठको गीतमा उत्कृष्ट नृत्य देख्न सकीन्छ । गीतको भिडियोको बजार ब्यबस्थापन भने कृष्ण फिल्म नेपालले गरेको छ ।
बर्षेझरी अनि तीजको माहोल सँग सँगै यो गीतको लय शब्द र भिडियोले मेल खाने हुनाले पनि नेपाली दाजु–भाई दिदी–बहिनी,आमा–बुवाहरुले मन पराउने गाएक खड्काको विश्वास छ । खड्काको सानै देखि गीत संगीतमा रुचि भएता पनि आर्थिक र पारिवारीक समस्याले गर्दा यसक्षेत्रमा आउन कठिनाई भएको र पछि साथिभाइहरु र आफन्तको सहयोगवाट यस क्षेत्रमा प्रवेश गर्न सफल भएको उनले बताउछन् ।
मिलन खड्को पहिलो एल्बम एच.आइ.भि. सम्बन्धी सन्देश मुलक गीत मनको बह र पछिल्ला अन्य गीतहरु धेरै दर्शक स्रोताहरुले मन पराइदिदै आउनुभएकोले गर्दा पनि यो तीज गीत पनि सबैले हेरेर माया अनि सल्लाह सुझाव दिनुहुन समेत अनुरोध गरेका छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।