- सुमन कार्की
पाल्पा,२० असार । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज निजिकिएसँगै नेपाली चेलीहरुलाई जता ततै रातो सारी र हरियो चुरामा सजिएको देख्न सकिन्छ । तीजलाई मध्य नजर गर्दे नेपाली कलाकारहरु पनि तीज गीतका भिडियोहरु तछाड मछाडका साथ बजारमा ल्याउन तम्सी रहेकाछन् ।

यस्तै क्रममा गुल्मेली चेली कर्मथलो काठमाण्डौ बनाउदै आएकी लोकप्रिय गायीका अनु गुरुङ्गको स्वरमा नयाँ तीज गीत जमाना फेरियो साइलो दाई बजारमा सार्वजनिक भएको छ । गीतको स्वरमा अनुलाई साथ दिएका छन् चयन मगर गुरुङ्गले । गीतको छायाँकन पिटरको रहेको छ भने गीतको शब्द संगीत खेम सेन्चुरीको रहेको छ । गीतमा अनु आफै छमछमी नाचेको देख्न सकिन्छ भने उनलाई साथ दिएका छन् चयन बुढा मगर र मोनिका पूर्जा पुन ।
बगेको खोली नामक गीतको सफलता सँगै अनु चर्चा बटुल्न सफल बनेकी हुन् ।गत सालमात्र उनको तीजको कोसेली नदी तिरैमा र तिजको दरखाने बेला नामक गीतले चौतर्फी चर्चा बटुल्न सफल बनेको थियो । सानै देखि गीत संगीतमा रुचि राख्दै आएकी अनुले १ दशक अगाडीवाट आफ्नो साँगीतिक यात्रा सुरु गर्दे यहा सम्म आइपुगेकी छन् ।
गायनकै कारण हाल सम्म केही विदेश र देशका कुना काप्चा सम्म पुग्न सकेको अनुको भनाई छ । अनुले हाल सम्म सयौं गीतहरुमा स्वर दिइसकेकी छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।