काठमाडौं । नेपाली चलचित्र जगतको पहिलो नायिका भुवन चन्दको साइनो हेर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेका छन् । शुक्रबार चलचित्र टिमले आयोजना गरेको विशेष शो मा पोखरेलले चलचित्र पुगेका हुन् ।

चलचित्र हेरिसकेपछि मन्त्री पोखरेलले मन परेको प्रतिक्रिया दिए । ‘फिल्म हेन त मन लाग्छ तर समयमा पाइँदैन, तर यो चलचित्र भने भुवन दिदीको आग्रहमा हेर्न आएको हुँ,’ उनले भने ।
उनले चलचित्र ‘साइनो’ ले उठाएको सामाजिक कथा मन परेको प्रतिक्रिया दिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।