काठमाडौं । पछिल्लो वर्ष युट्युवमाफत भाईरल बन्दै आएकी मुना मगर र मेक सारुको तीज कोशेली ‘झरी’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई दर्शकहरुले रुचाइरहेका छन् । सार्वजनिक भएको चार दिनमै ‘झरी’ गीतको भिडियोले ५ लाख भन्दा बढी दर्शकहरुले हेरेका छन् ।
विगत लामो समयदेखि मुनालाई मेक सारुले साथ दिदै आएका छन् । मुना र मेकलाई युट्युवमा भाइरल जोडीको रुपमा समेत सबैले चिन्ने गरेका छन् । गीतमा मुना मगरकै शब्द तथा स्वर रहेको छ । गायक तथा संगीतकार डोलराज बारघरे मगरको थेगो एरेन्ज तथा लय रहेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर नरेन्द्र पुनको निर्माणमा बनेको उक्त गीतलाई सुमन थापा मगरले निर्देशन गरेका छन्, भने मुना मगर, रीमा काउचा मगर, मेक सारु मगर, नरेन्द्र पुन मगर, सीता मानन्धर र श्याम आले मगरले अभिनय गरेका छन् ।
करण चैसिरको छायाँकन रहेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका छन् । एउटा चेली माइत जान नपाउदाको पीडालाई समेटेर बनाएको गीतलाई मुना इन्टरटेन्मेन्टबाट सार्बजनिक गरिएको छ । गीतमा चेलीको वेदना र वास्तविकतालाई दर्शाउन खोजिएको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
