
काठमाडौं । काली प्रसाद बास्कोटाको आवाजमा फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत सार्वजनिक गरिएको छ।
काली प्रसादसँगै दयाहाङ राई, उपसना सिंह ठकुरी, अनुपम शर्मा फिर्चड रहेको फिल्मको गीतमा काली प्रसाद कै शब्द रहेको छ । गीतमा सनी सुनामले संगीत भरेका हुन्। फिल्मलाई रामबाबु गुरुङले निर्दशन गरेका छन् भने मनी राम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी गरेका हुन्।
फिल्मलाई शैलेन्द्र डि. कार्कीले छायांकन गरेका छन् । सुरेन्द्र पौडेलले सम्पादन गरेको फिल्ममा दयाहाङ राई, उपसना सिंह ठकुरीसँगै कर्मा शाक्य, विल्सन विक्रम राई र बुद्धि तामाङ लगायत कलाकारहरुले अभिनय गरेका छन् । फिल्म असोज ३ गते देखि प्रर्दशन हुँदैछ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।