एजेन्सी । भारतको प्रतिष्ठित चलचित्र पुरस्कार राष्ट्रिय चलचित्र पुरस्कारबाट हालै पुरस्कृत हुन सफल नायक आयुश्मान खुराना अभिनित फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ ।

आयुषमान खुरानाले गर्ने अर्गानिक अभिनय कै कारण उनलाइ धेरैले रुचाउँछन् । यिनै लोकप्रिय अभिनेता अभिनीत चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा उनलाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ । ‘ड्रिम गर्ल’ले रामलीलामा केटी बनेर सिताको भूमिका निर्वाह गर्ने पुरुषको जीवनको उतार चढाव लाई देखाइएको छ ।

ट्रेलर रिलिज कार्यक्रममा समेत आयुश्मान महिलाको भेषमा उपस्थित भएर सबैलाई आश्चार्यमा पार्न सफल भए ।राज शान्दिल्या निर्देशित चलचित्र भदौ २७ मा रिलिज हुँदैछ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।