एजेन्सी । अभिनेत्री कीर्ति खरबंदा आफ्नो अपकमिङ फिल्म ‘हाउसफुल–४’, ‘पागलपंती’, ‘चेहरे’ र तमिल फिल्म ‘वान’मा ब्यस्त छन् । तर, पहिले उनी आफू भने कहिल्यै पनि अभिनेत्री बन्न चादैन थिइन् । आईएएनएससँग कुराकानी गर्दै कीर्तिले भनिन्, ‘म कहिल्यै पनि अभिनेत्री बन्न चाहदिनथेँ । अभिनेत्री बन्नु भन्दा पनि विहे गरेर बच्चा जन्माउन चाहन्थे ।’
उनले भनिन्, ‘म फिल्मको चयन भाषाको आधारमा गर्दिनथेँ । जतिबेला मैले काम गर्न सुरु गरेँ, त्यतिबेला मैले साउथ फिल्म उद्योगलाई बलिउडमा कदम राख्नका लागि सिँढीको रुपमा देखिन । यतिसम्म कि तमिल फिल्म र मल्टीस्टार बलिउड फिल्ममा काम गरिरहेकी छु । यी दुवै क्षेत्रमा मैले खासै अन्तर पाइन ।’
अभिनेत्री कीर्तिको वर्कफ्रन्टको कुरा गर्नुपर्दा यो भन्दा पहिल्यै बलिउड फिल्म ‘गेष्ट इन लण्डन’, ‘शादी मे जरुर आना’, ‘करवा’ र ‘यमला पगला दीवाना फिर से’बाट विशेष पपुलारिटी कमाएकी थिइन् ।
ती फिल्महरुमा उनी राजकुमार रावको अपोजिटमा थिइन् । फिल्मको स्टोरी बेष्ट थियो, भने फिल्मलाई दर्शकहरुले निकै रुचाएका थिए । कीर्तिले साउथ फिल्म ‘गुगली’, ‘सुपर रंगा’,‘ब्रुस लीः द फाइटर’ लगाएतका फिल्मबाट चर्चा पाएकी थिइन् ।
कीर्तिले आफ्नो फिल्मको लागि निकै मेहेनत गर्छन् भने आफू फिट रहनका लागि सँगै वर्कआउट गर्दै आएकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
