काठमाडौं । फिल्म ‘च च हुई’को नयाँ गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मेलिना राईको आवाजमा रहेको ‘सिल्की सिल्की बाल’ गीतको भिडियो सार्वजनिक भएको छ । एजिएल, राजनराज शिवाकोटी र श्याम लामिछानेको शब्दमा गीतलाई राजनराज शिवाकोटी आफैले संगीतबद्ध गरेका छन् । राजन ईशानले संगीत एरेञ्ज गरेका हुन् ।
गीतको भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ । भिडियोलाई सुशान प्रजापतिले छायाङ्कन गरेका हुन् । गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री मिरुना मगर र भोलाराज सापकोट फिचर्ड छन् ।
सिजन दाहाल र सन्देश अर्यालको कथा र स्क्रिप्ट रहेको ‘च च हुई’लाई सम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् । फिल्मलाई अमृत गोले लामाले निर्माण गरेका हुन् । फिल्ममा आर्यन, मिरुना र भोलाराजको साथमा माओत्से गुरुङको पनि मुख्य भूमिका रहेको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।

