काठमाडौं । गायिका उर्मिला खालिङ राईलाई ‘स्टार इन्टरनेशनल अवार्ड–२०१९, कतार’ बाट सम्मान गरिएको छ । गायिका राईलाई गत साउन २७ गते कतारको दोहामा आयोजित एक भव्य समारोहमा साकेला गीत ‘सेवा स्यामुना’बाट सम्मान गरिएको हो ।
गायिका राईको ‘सेवा स्यामुना’ गीतले ‘द बेष्ट इन्डिजेनियस सङ’ विधामा अवार्ड पाएको हो । टीका चाम्लिङको शब्द तथा जसिहाङ राईको संगीतमा ‘सेवा स्यामुना’लाई उर्मिला खालिङ राई र राजेश पायल राईले स्वरबद्ध गरेका छन् । गीतलाई नोर्बु शेर्पाले एरेञ्ज गरेका हुन्, भने रविन मगरले सम्पादन गरेका हुन् ।
गायिका राईलाई गत साउन २८ गते यायोख्खा शाखा संगठन कतारले पनि सम्मान गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।

