- रोशन दानी,
काठमाडौं । चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले समग्र चन्द्रागिरीको कला सस्कृति र ऐतिहासिक महत्त्व जोगाउने काम युवा पुस्ताको हातमा रहेको बताएका छन् । राईजिङ्ग स्टार कल्चर ग्रुपको शाखा दहचोक सृजना चोमा उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख गिरीले कला सस्कृति जोगाउने काम युवा पुस्ताको रहेको बताएका हुन् ।
नगर प्रमुख गिरीले चन्द्रागिरीमा रहेका विभिन्न मौलिक कला संस्कृतिलाई जोगाउन सके पछिल्लो युवा पुस्तालाई हस्तान्तरण गर्न सकेको अवस्थामा मात्र चन्द्रागिरीको अस्तित्व बचिरहने उनको भनाइ छ । कार्यक्रम राईजिङ्ग स्टार कल्चर ग्रुपका अध्यक्ष साजित महतले स्वास्थ जीवनका लागि कल्चर ग्रुपको भूमिका समाजलाई स्वस्थ र शारीरिक जीवनका लागि चन्द्रागिरीमा नयाँ शाखाको स्थापन गरिएको बताए ।
कार्यक्रममा निर्देशक तथा अभिनेता सोभित बस्नेत, निर्देशक तथा नायक अमृत मान महर्जन, नायिका रेजिना उप्रेती, सलोन बस्नेत, जयकृष्ण बस्नेत लगायत कलाकारहरूको उपस्थिति रहेको थियो । आजबाट सञ्चालनमा आएको कल्चर ग्रुपले नृत्य, एरोविक लगाएत कक्षा सञ्चालन गरिने कल्चर ग्रुपले जनाएको छ ।
राईजिङ्ग स्टार कल्चर ग्रुपले मौलिक कला संस्कृत जोगाउन विशेष कार्यक्रमहरू गर्दै आएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।

