काठमाडौं । हरेक व्यक्ति क्षमतावान हुन्छन् । त्यसलाई बाहिरा ल्याउने काम उनको आफ्नै हातमा हुन्छ । आट गरेमा असम्भव भन्ने चिज केहि पनि छैन । यदी व्यक्तिले मिहेनत गरेमा आफूले सोचेको भन्दा धेरै राम्रो फल पाउन पनि सकिन्छ । तर सबैको अवस्था एउटै पनि हुँदैन जसले गर्दा आफू भित्र रहेको क्षमता बाहिर आउन अथवा ल्याउन नसकिने अवस्था हुन्छ।

परिस्थितीले गर्दा मिहेनत गर्न खोज्दा खोज्दै पनि क्षमता भित्र भित्रै गुम्सिरहेको हुन्छ । त्यसलाई बाहिरा सम्म ल्याएर पोख्न सकेको हुँदैन तर उनले कुनै माध्यमबाट त्यसलाई प्रस्तुत गर्ने प्रयास भने गरिरहेको हुन्छ । यस्तै क्षमतावान कलाहरुले कुनै न कुनै माध्यमबाट स्थान पाउन सकिन्छ त्यस्ता उदाहरणहरु धेरै छन् । जसमध्य एउटा ज्वल्नत उदाहरण हो भारतकी एक महिलाको । उनी स्वरकी धनी छिन् । उनले गाउने स्टुडियो पाइनन् त्यसैले उनले रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाइन् । उनको त्यो समुधुर स्वर सामाजिक संजालमा फैलियो ।
उनको भिडियो हेर्दा र स्वर सुन्दा जो कोहीलाई भावुक बनाउने किसीमको थियो । भिडियोमा देखेको उनको स्वरलाई सबैले तारिफ गर्न थाल्यो र सामाजिक संजालमा भाइरल भयो । पछिल्लो समय सामाजिक संजालको कारण भित्र भित्रै गुम्सिरहेको कलाहरु एका एक बाहिरा आउन थालेका छन् । यसरी बाहिरा ल्याउने माध्यममा ठूलो भूमिका खेलेको छ सामाजिक संजालले । यो समय भनेको इन्टरनेको हो । जसले विश्वका कुना काँप्चामा रहेका हरेक क्षमताहरुलाई साटासाट गर्न र विश्वका सबै ठाउँमा पुर्याउन ठूलो भूमिका खेलेको छ ।
रानु मोन्डलले भारतको पश्चिम बंगालको रानाघाट स्टेसनमा ‘एक प्यारका नग्मा है’ गीत गाउँदै आफ्नो जीवन गुजारा गर्दै आएकी थिइन् । उनी त्यससरी गाएरै आफ्नो पेट पाल्दै आएकी महिला हुन्। उनी मिठो स्वर भएकको कारण उनलाई धेरैले चर्चित गायिका लता मंगेशकर ‘जस्तै’ भने। रानु आफैंले पनि लताबाट प्रेरित भएको बताएकी थिइन्। सामाजिक संजालमा उनको भिडिओ र स्वर दुवै रात रात हिट भयो । त्सपछि उनको खोजी हुन थाल्यो। स्वरको जादूले धेरैको मन जितिसकेकी रानु टेलिभिजन कार्यक्रम ‘सुपरस्टार सिंगर’मा देखिइन्। उनको जीवनले नयाँ मोड लियो । उनको भेट कार्यक्रमको निर्णायकका रूपमा रहेका गायक तथा संगीतकार हिमेश रेशमियासंग भयो।
हिमेशले रानुको स्वर सुनेपछि आफू निकै प्रभावित भएको बताए र उनको स्वरको तारिफ गर्दै उनलाई ‘काम दिने’ बचन दिए। हालै सार्वजनिक एक भिडिओमा रानु स्टुडियोमा गीत रेकर्ड गराउँदै गरेकी देखिन्छिन्। उक्त स्थानमा हिमेश पनि छन्। हिमेशले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’का लागि रानुलाई गीत गाउने अवसर दिएका बताइउकाे छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।