काठमाडौं । साउथका सुपरस्टार प्रभाषको अपकमिङ थ्रिलर फिल्म ‘साहो’ ३० अगष्टबाट दर्शकमाझ रिलिजमा आउँदैछ । रिलिजको तयारीमा रहेको ‘साहो’कै प्रोमोशनका लागि अभिनेता प्रभाष र अभिनेत्री श्रद्धा कपुर ‘नच बलिए ९’ मा पुगे । यस शोमा अभिनेता प्रभाषले सबैलाई चकित पार्ने कुरा गरे । अभिनेता प्रभाषको कुरा सुनेर शोमा उपस्थित दर्शक, कन्टेस्टेन्ट र अझ भन्नुपर्दा सबै भन्दा बढी त रवीना टंडन आश्चर्यचकित भइन् ।
उक्त शोको जज अहमदले अभिनेता प्रभाषको एउटा सपना भएको बताउँदै भने– ‘प्रभाष यहि कार्यक्रममा उपस्थित कुनै युवतीको फ्यान हुन् ।’ जज अहमदको यस्तो कुरा सुनेसँगै सबैले प्रभाषतिर हेर्न थाले । त्यसपछि अभिनेता प्रभाषले रवीना टंडनतिर हेर्दै भनिन्– ‘म्याडम तपाईको ठूलो फ्यान हुँ । तपाई त मेरो एक्स गर्लफ्रेण्ड हुनुहुन्छ ।’
प्रभाषको यस्तो कुराले रवीना टंडन चकित भइन् र हाँस्दै भनिन्– ‘यो कुरा अनिल (रवीनाकी श्रीमान)ले सुन्यो भने तपाईलाई मार्नुहुन्छ ।’ अभिनेता प्रभाषले हाँस्दै भने– ‘त्यो म मैले म्यानेज गर्छु । म तपाईको ठूलो फ्यान हुँ । तपाईसँग डान्स गर्न मन छ ।’
त्यसपछि अभिनेता प्रभाष र रवीना टंडनले हिट नम्बर ‘टिप–टिप बरसा पानी’मा डान्स गरे । यसैबीच शोका होस्ट मनिष पाँलले भने–‘प्रभाषमाथि लाखौं युवतीहरु फिदा छन् तर, प्रभाष भने रवीना टंडनमाथि फिदा छन् ।’
यस रियलिटी डान्स शोको सेटबाट अभिनेता प्रभाष र रवीना टंडनको तस्वीर भाइरल बनिरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
