काठमाडाैं । हिन्दु नारीहरुको चाड हरितालिका तीजका अवसरमा विभिन्न गीतहरु बजारमा निस्किएका छन् । यस्तैमा लोकप्रिय गायिका लक्ष्मी रेग्मी र भावना सिलवालले गाएको सन्देशमुलक तीज गीतको भिडियो पनि सार्वजनिक भएको छ ।

उत्ताउलो र भड्किलो शब्द तथा दृश्य भएका तीजका गीत आइरहेको बेला भावना सिलवालले उनकै शब्द र प्रमोद पन्तको संगीतमा भर्खरै मात्र मौलिक भाकाको भिडियो बजारमा ल्याएकी हुन् । मर्स्याङ्दी फिल्मस्ले निर्माण गरेको भिडियोमा छाँयांकन दिपक जोशी र सम्पादन सदिश जोशीको रहेको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।