काठमाडौं । बलिउड उद्योगमा सलमान खानले ३१ वर्षको सफर पार गरिसकेका छन् । तीन दशकको लामो समयमा सुपरस्टार सलमान खानले कयौं सुपरहिट फिल्महरु दिएका छन् । बलिउड उद्योगमा ३१ वर्ष पूरा गरेको अवसरमा ‘भाइजन’ले आफ्नो फ्यान र फिल्मकर्मीहरुलाई धन्यबाद ज्ञापन गर्दै आभार प्रकट गरेका छन् ।
सलमान खानले १९८८ मा फिल्म ‘बीबी हो तो ऐसी’बाट बलिउडमा आफ्नो करियर सुरु गरेका थिए । मंगलबार राति ट्वीट गर्दै अभिनेता खानले आफ्नो बालपनको तस्वीरलाई दर्शकमाझ सेयर गरेका छन् । उक्त तस्वीर सेयर गर्दै अभिनेता खानले क्याप्शनमा लेखेका छन्– ‘बलिउड फिल्म उद्योग र ३१ वर्षको सफरको हिस्सा बनाउने सबै प्रशंसकहरुलाई धेरै धेरै धन्यबाद ।’
लेखक सलिम खान र सलमा खानको छोरा सलमानले ‘मैने प्यार किया’, ‘सनम बेवफा’, ‘साजन’, ‘अन्दाज आपना अपना’, ‘हम आपके है कौन’, ‘करण–अर्जुन’, ‘हम दिल दे चुके सनम’, ‘मह तुम्हारे है सनम’, तेरे नाम’, ‘मह साथ–साथ है’ लगाएतका सुपरहिट फिल्म दिएका छन् ।
त्यस्तै सलमानले कमेडीदेखि लिएर एक्शन र बलिउड मसला फिल्ममा खुब काम गरे । उनको कमेडी फिल्म ‘बीवी नम्बर १’, ‘मुझ्से सादी करोगी’, ‘रेडी’ र ‘नो इन्ट्री’ लगाएत छन् । त्यसपछि सलमानले सन् २००० बाट एक्शन फिल्महरुमा काम गरे । जहाँ दबंग, वान्टेड, एक थाइगर, टाइगर जिन्दा है, किक लगाएत फिल्महरु छन् ।
५३ वर्षीय सलमानले सुल्तान जस्ता खेल केन्द्रित फिल्म र बजरंगी भाइजान लगाएतका भावुक फिल्महरु पनि गरेका छन् । अहिलेको समय उनी फिल्म ‘दबंग–३’को सुटिङमा ब्यस्त छन् । यो फिल्मको सुटिङ सक्ने वित्तिकै उनले किक फिल्मको दोस्रो सिक्वेल किक–२ को सुटिङ सुरु गर्नेछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
