काठमाडौं । साउथका सुपरस्टार प्रभास र चर्चीत नायिका श्रद्धा कपुरको फिल्म ‘साहो’ एकै पटक १० हजार स्क्रिन(हल)मा रिलिज हुने भएको छ । भारतमा ३० अगस्तबाट रिलिज हुने तयारीमा रहेकाे यो फिल्म ३ सय ५० करोडको लागतमा बनेको हो ।

योसँगै युएईमा फिल्मको स्क्रिनिंग सुरु भएकाे छ । भारतमा रिलिज हुनुभन्दा १ दिन अघि नै फिल्म युएईमा रिलिज हुने भएको छ । सोही क्रममा युएईमा भएको स्क्रिनिंगमा साहोको रिभ्युसमेत आएको छ ।
युएईका एक पत्रकार उमैर सन्धुले फिल्म मास इन्टरटेनिंग किसिमको रहेको भन्दै ट्विट गरेका छन् । उनले रोमान्टिक मुभि रहेको बताउँदै मास इन्टरटेनिंगका लागि फो स्टार भन्दै ट्विट गरेका हुन् ।

बाहुबली–२ पछि भारतमा रिलिज भइरहेको प्रभासको यो फिल्मको निकै प्रतिक्षा गरिएको छ । १० हजार स्क्रिनमा पहिलो दिन देखिन लागेको फिल्मले सुरुको दिन ७० करोड कमाउन सक्ने अनुमान गरिएको छ । यो फिल्म तेल्गु, हिन्दी, तामील र मलयालम गरेर ४ भाषामा ३० तारिकमा रिलिज भइरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।