काठमाडौं । केही साता अघि दर्शकमाझ एकसाथ रिलिजमा आएका अक्षय कुमारको ‘मिसन मंगल’ र जोन अब्राहमको ‘बटला हाउस’ले बक्स अफिसमा जमेर कलेक्शन गरिरहेका छन् । एक–अर्कासँग क्लाश भएर पनि यी दुवै फिल्मले दर्शकहरुको राम्रो रेस्पोन्स पाइरहेका छन् ।
यसैबीच बाहुबलीफेम अभिनेता प्रभाष र श्रद्धा कपुरको ‘साहो’ पनि दर्शकमाझ शुक्रबारबाट रिलिजमा आइसकेको छ । जानकारी अनुसार प्रभाषको ‘साहो’ रिलिजमा आएपछि अक्षय कुमारको ‘मिसन मंगल’ र जोन अब्राहमको ‘बटला हाउस’को कमाईमा गिरावट आएको छ ।
प्रभाषको ‘साहो’लाई हिन्दी, तमिल, तेलुगु, मलायालम, कन्नड लगाएतका भाषामा रिलिज गरिएको छ । यो फिल्मको ‘ओपनिङ–डे’ कलेक्शन पनि सार्वजनिक भइसकेको छ । रिपोर्टका अनुसार यो फिल्मले ‘ओपनिङ–डे’का दिन ६०–७० करोडको ब्यापार गरेको छ ।
केही साता अघि रिलिजमा आएको अक्षय कुमारको ‘मिशन मंगल’ले २०० करोडको आँकडालाई पार गर्न लागेको छ । शुक्रबारका दिन यो फिल्मले १–२.५ करोडको कलेक्शन गरेको छ । फिल्मलाई निखिल अडवाणीले निर्देशन गरेका हुन् ।
अर्को तर्फ जोन अब्राहमको ‘बटला हाउस’ले १०० करोडको आँकडा पार गर्न लागेको बताइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।