काठमाडौं । यो वर्ष मात्रै लोक गायिका देवी घर्तीको आवाजमा १५÷ २० वटा भन्दा बढी गीतहरु दर्शकमाझ रिलिज भइसकेका छन् । केही समय अघिमात्रै लोक गायिका घर्तीको आवाजमा नेपाली हिन्दू नारीहरुको विशेष पर्व तीजको कोशेली स्वरुप ‘सुहायो चौपट्टै’ गीत सार्वजनिक भएको थियो । यो गीतले दर्शक–श्रोताहरुको राम्रो साथ पाइरहेको छ ।
तीज विशेषको अवसरमा न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ६ प्रश्न कार्यक्रममा उही लोक गायिका देवी घर्तीसँग विशेष कुराकानी गरेको छ । केही साता अघिमात्रैबजारमा सार्वजनिक गरेकी तीज गीत ‘सुहायो चौपट्टै’ गीतको बारेमा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुराकानी गर्दै उनले भनिन्– ‘हुनत पहिलकै शैलीमा तीज गीतहरु मिक्स भएरआएको हो ।तर, त्यति धेरै परिवर्तन भएर आएको पनि होइन । अलिकति फरकपन कहाँ आयो भन्दा पहिले दिदीबहिनीहरुले मात्रै चौतारामा बसेर गाउथे, अहिले टेलिभिजन, शहर–बजार जताततै छरिन थालेपछि अलिकति फरक भएर आयो । हुन त संस्कृति उही हो ।’
उनले थपिन्– ‘पहिले महिला (छोरीचेली) मात्रै गाउनुपर्छ भन्ने चलन हो । तर, पछिल्लो समय परिवर्तनसँगै केटा–केटी सबैले गाउन थाले । त्यसैले महिला र पुरुष मिलेर संस्कृतिलाई अगाडि बढाउनुपर्छ ।’
महिला र पुरुष जसले तीज गीत गाएपनि संस्कृतिलाई मध्यनजर गर्दै गाउनुपर्ने उनको तर्क छ । पछिल्लो समय शहर–बजारमा पनि लोकगीत सुन्ने चलन बढ्दै गएको पनि उनलाई आभाष भएको छ ।
उनले भनिन्, ‘पछिल्लो समय शहर बजारमा युवा–युवतीहरुले सबै भन्दा धेरै हिन्दी गीत सुन्दै आएपनि लोकगीतहरु सुन्ने चलन बढ्दै गएको छ । किनभने लोकगीतहरु पनि चर्चित भइरहेका छन् । अहिले लोकगीतलाई सर्वत्र रुचाइएको छ ।’
बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।