- फिल्म– छिछोरे
- कलाकारहरु– सुशान्त सिंह राजपुत, श्रद्धा कपुर, बरुण शर्मा, प्रतिक बब्बर, थीरराज भसिन, नविन पोलिशेट्टी
- निर्देशक– नितेश तिवारी
जतिबेला सुशान्तसिंह राजपुत र श्रद्धा कपुरको फिल्म ‘छिछोरे’को ट्रेलर रिलिज भयो, त्यतिबेला सबैलाई आमिर खानको ‘३ एडियट्स’ या करण जोहरको ‘स्टुडेन्ट अफ द इयर’ जस्तै होला भन्ने लागेको थियो । यो फिल्मलाई हेर्दा कुनै न कुनै फिल्मको याद त आउनसक्छ नै, यसको मतलब यो होइन कि ‘छिछोरे’को आफ्नो पहिचान नै छैन भन्ने चाँही होइन ।
कलेज लाइफको कुरा गर्दा सबै भन्दा पहिले हाम्रो दिमागमा आमिर खानको फिल्म ‘३ इडियट्स’लाई सम्झन्छौं । राजकुमार हिरानीको यो फिल्म जतिपटक हेर्दा पनि उत्तिकै हेर्न मन लागिरहन्छ । उक्त फिल्म ईञ्जिनियरिंग कलेजका विद्यार्थीहरुको कहानीमा आधारित थियो ।
अर्कोतर्फ नितेश तिवारीको निर्देशनमा बनेको ‘छिछोरे’ पनि ईञ्जिनियरिंग कलेजका विद्यार्थीहरुको कहानीमै आधारित छ । तर यी दुई फिल्म एक–अर्कामा पूरै फरक छन् । ‘छिछोरे’ ईञ्जिनियरिङको पाढाई गरिसकेका अनिरुद्ध पाठक, माया र उनका साथी सेक्सा, एसिड, मम्मी, डेरेक र बेवडाको कहानी हो । यस कहानीको सुरुवात फ्लासब्याकबाट सुरु हन्छ, जहाँ अनिरुद्ध (सुशान्त सिंह राजपुत)ले होस्टलमा मच्चाएको खलबलीको बारेमा सोचिरहेका हुन्छन् ।
अनिरुद्ध र माया (श्रद्धा कपुर)को एक छोरा हुन्छन् राघब, जो आफ्नो बुबा–आमा जस्तै ईञ्जिनियरिङको सपना बोकिरहेका हुन्छन् । ‘छिछोरे’मा अभिनेता सुशान्त सिंह राजपुतले आफ्नो भूमिकालाई कुशलतापूर्वक न्याय गरेका छन् । फिल्ममा उनले एक स्मार्ट विद्यार्थी, जसले चतुरहरुको सामु पागलपन देखाउँछन् ।
साथै आफ्नो छोरामाथि प्रेम दर्शाउँछन् । यी दुवै भूमिकालाई सुशान्तले न्याय गरेका छन् । साथै अन्य कलाकारहरु बरुण शर्मा, ताहिर राज भसिन, नविन, पोलीशेट्टी, तुषार पाण्डे लगाएतले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन् ।
त्यस्तै अभिनेत्री श्रद्धा कपुरले पनि आफ्नो भूमिकााई निकै कुशलता पूर्वक न्याय गरेकी छन् । फिल्ममा बरुण शर्माले दमदार कमेडी गरेका छन् । साथै उनको भूमिका निकै इम्प्रेसिभ रहेको छ । पूरै फिल्मको बारेमा जानकारी पाउनका लागि तपाईले फिल्मनै हेर्नुपर्ने हुन्छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।