काठमाडौँ । वास्तविक घटनामा आधारित लोकदोहोरी गीत जालमा फसायौको भाग २ सार्वजनिक भएको छ । नेपाली युवा विदेशि भुमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने भाग २ मा आफन्त (ज्वाई) गुमाउँदा माईति पक्षलाई पर्न गएको बेदनालाई समेटिएको डिएआर मुभिजका राजाराम गौतमले बताए ।
जालमा फसायौ-२ गीतबाट भएको कमाई÷रकम सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको, मिना थापाले संचालन गर्नुभएको मदर सिस्टर नेपाल बालगृहलाई दिने गौतमले जानकारी दिनुभयो । बालगृहमा विनाशकारी भुकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालीकाले संरक्षण पाईरहेका छन् ।
जालमा फसायौ २ मा स्वर बिमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्कि, प्रभावन जे र भुवन प्रकाश बडुको रहेको छ । परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्कि, सानु पाण्डे, पुष्प अवस्थि, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पुजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गरेका छन् ।
प्रभावन जेको लय, शब्द तथा संगीत संयोजन रहेको गीतको ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जिवन बडु ले गरेका छन् भने बिग परिवेश स्टुडियोमा गीत रेर्कड गरिएको हो ।
आफ्नो संचारमाध्यममा उचित स्थान प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।