काठमाडौं । नितेश तिवारीको निर्देशनमा बनेको मल्टीस्टार फिल्म ‘छिछोरे’ ६ सेप्टेम्बरबाट दर्शकमाझ रिलिजमा आएको छ । तर, फिल्म रिलिजमा आएको २४ घण्टा नवित्दै पाइरेसी वेबसाइट तमिल रकर्सले लिक गरिदिएको छ । करीब ७० करोडको बजेटमा बनेको ‘छिछोरे’मा सुशान्त सिंह राजपुत, श्रद्धा कपुर, नविन पोलिशेट्टी, बरुण शर्मँ, प्रतिक बब्बर, प्रशान्त नारायण लगाएतका कलाकारहरु मुख्य भूमिकामा छन् ।
फिल्म पाइरेसीको लागि चर्चित वेबसाइट तमिल रकर्सले लगातार आफ्नो डोमेन परिवर्तन गरिरहेको छ, जसको कारण यस वेबसाइटलाई कसैले पनि प्रतिबन्ध गर्न नसकेको बताइएको छ । यो पनि समस्या छ कि जुन ‘युआरएलएस’लाई ब्लक गरिदिएता पनि प्रोक्सी सर्भर्स मार्फत पुनः एक्सेस गर्न सकिने बताइएको छ । यो भन्दा पहिले प्रदर्शनरत प्रभाषको ‘साहो’लाई पनि तमिल रकर्सले लिक गरिदिएको थियो ।
फिल्मले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ, भने क्रिटिक्सहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्म ‘छिछोरे’ले ‘ओपनिङ–डे’का दिन ७.३२ करोडको व्यापार गरेको थियो ।
‘छिछोरे’ले अहिलेसम्म २१.३० करोडको ब्यापार गरिसकेको छ । प्रदर्शनरत ‘साहो’ले दर्शकहरुको राम्रो साथ पाइरहेको समयमा ‘छिछोरे’ले पनि दर्शकहरुको राम्रो साथ पाइरहेको छ । फिल्मको स्क्रिप्टलाई निकै मन पराइएको छ । पहिलो साता यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने आँकलन गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।