एजेन्सी । साराकी साैतेनी आमा करिना कपुर र साराको सम्बन्ध निकै राम्रो रहेको मानिन्छ । यसैबीच सारा अली खानले आफु र आफ्नी साैतेनी आमा करिना कपुरबीच साथीको सम्बन्ध रहेको बताएकी छन् । एक अन्र्तवार्ताका क्रममा साराले करीनासँग साथित्व र इज्जतको सम्बन्ध रहेको बताएकी हुन् ।
साराले भनेकी छन्, ‘करीना कपुर मेरो साथी हुन् तर यसभन्दा बढि उनी मेरा पिता सैफ अली खानकी पत्नी हुन्, उनी मेरो पितालाई खुसी राख्छिन, हाम्रो प्रोफेसन र संसार पनि एउटै हो ।’
सारा अली खानको जन्म सैफकी पूर्व पत्नी अमृता सिंहबाट भएको थियो । सन् २००४ मा अमृताले डिभोर्स गरेकी थिइन् । सन् २०१२ मा सैफले करिनासँग विवाह गरेका थिए । अमृता सिंहबाट सैफका २ बच्चा थिए । एक सारा र अर्का इब्राह्म भने करिनाबाट एक छोरा छन् उनको नाम तैमुर अली खान हो ।
साराले करिना र सैफको विवाहका दिन अमृताले नै करिनालाई तयार परोको समेत बताएकी छन् । सारा अली खान करीना कपुरकी ठूलो फ्यान हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।