काठमाडौँ । चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभमुर्हुत चलचित्रको छायाँकन सुरु गरिएको हो । चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ ।
विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय रहनेछ ।
चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् । गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मललामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पौडेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।
चलचित्रमा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।
काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न मनमोहक स्थानहरुमा चलचित्रको छायाँकन हुनेछ । छायाँकनका लागि दशैं अघि र दशैं पछि गरि २ सेड्युल तयार गरिएको निर्माण पक्षले जनाएको छ । जस अनुसार दशैं अघिको सेड्युल आजबाट शुरु भएको छ । २५ दिन लामो पहिलो सेड्युलमा सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायत काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न स्थानमा चलचित्रको छायाँकन हुनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।