- हरिशजङ्ग क्षेत्री
काठमाडौं, २५ भदाै : अँध्यारो मञ्चमा प्रकाश झर्न नपाउँदै बर्दी र बुटमा सजिएका दुई युवाहरू हातमा लठ्ठी लिएर नेपथ्यबाट झुल्किन्छन् र हताश हताश यताउता हेर्दै भन्न थाल्छन्- जागते रहो! जागते रहो!! जागते रहो!!!
यो दृश्य हो राजधानीमा मन्चन भइरहेको नाटक ‘टीका’ । उ बेलाको दशैं-तिहारको दुःखसुख रमाइलो कथालाई राजधानीको कुञ्ज नाटकघरमा खचाखच विद्यार्थीहरूले हाउस फुलकाबीच मन्चन भएकाे थियो ।
‘टीका’ नाटकले दर्शकहरूलाई बेलाबेलामा मज्जाले पेट मिचिमिची हँसाउछ, भने बेलाबेला भावुक पनि मज्जैले बनाउँछ । साथै नाटकको दृश्यको भाव अनुसारको सुरुवात देखी अन्तसम्म गीत र सङ्गीतको धुनले नाटक हेर्न आएकाहरूलाई अझै मनोरञ्जन थपिरहेको थियो ।
मङ्गलबार नाटक मञ्चनको चौथो दिन बिहान विद्यार्थीहरूका लागी भनेर अतिरिक्त दुई शोहरु देखाइएको थियो । नाटक हेर्न नाटकघर सम्म पुगेका राजधानीका तीन स्कुलका विद्यार्थीहरूले विगत तीन वर्ष देखी नेपाली रङ्ग मञ्चमा भविष्य खोजिरहेका विराटनगरका सबिन भट्टराईको अभिनय कलाले विद्यार्थीहरूलाई पेट मिचिमिची हँसाउन सफल भएका थिए । नाटकका अन्य पात्रको तुलनामा उनलाई पात्रहरूलाई अलि धेरै रुचाइएको देख्न सकिन्थ्यो ।
छैटौँ नाटक गरिरहेका भट्टराईलाई रङ्ग मञ्चले यसरी आफूतर्फ यसरी तान्योकी अरूतिर ध्यान नै गएन अब सविनको बाँकी जीवनको वर्तमान र भविष्य रङ मञ्चमै बिताउने योजना बनाएको उनले बताए ।
भट्टराईको नाटक मोह ‘टीका’ नाटकमा उनको जोडदार अभिनय मार्फत प्रस्ट देखिन्थ्यो । “उ बेलाको दशैंको रमाइलो परिवेशलाई नाटकका माध्यमबाट जस्ताको त्यस्तै आजका युवायुवतीहरूलाई देखाउन पाउँदा म र मेरो टिम एकदमै हर्षित भएको ‘टीका’ नाटकका प्रोडक्सन डिजाइनर दिलीप खड्काले बताए, ।
‘अहिलेको युवाहरूले आफ्नो कल्चरको बारेमा अपडेट भइराख्नु पर्छ भन्ने लाग्छ, अहिले गाउँघर तिर कोही पनि हुँदैनन्, प्रायः सबै गाउँ बाहिर विदेश र सहर तिर छन् । गाउँ छोडेका हामीले आफ्नो चाडबाड, भाषा, धर्म, रीतिरिवाज, संस्कार भुल्यौ कि जस्तो लाग्छ । टीका नाटकले ५० साल तिरको कथाको बोल्छ । त्यति बेला गाउँ घरमा हाम्रा अग्रजहरू एक ठाउँमा जम्मा भएर दशैं-तिहार जस्तो चाडमा चङ्गा उडाएर, बुर्जा खेलेर रमाइलो गर्थे त्यो चिज अहिलेको पुस्ताले अनुभव त के देख्न सम्म पाएको छैन । त्यहीँ अनुभवलाई अहिलेको युवाहरूले अनुभव गरोस् भन्नका निम्ति यो नाटक प्रस्तुत गरिएको प्रोड्युसर खड्काले बताए ।’
पहिलेकाे दशैं-तिहारको रमाइलो अहिलेका युवाहरूले अनुभव गर्न नपाए पनि पहिले कसरी दशैं तिहार यसरी मनाउँदा रहेछन् भन्ने याे नाटक हेरेपछि थाहा पाएकाे स्कुलकी लोयल बराइलीले मुस्कुराउँदै नाटक बारेमा प्रतिक्रिया दिइन् ।
यस्तै नाटकमा उ बेला नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैं, तिहार मनाउँदाको अनुभव अहिलेको हाम्रो पिडिले नपाएको यो नाटक हेरेपछि महसुस गरेको एभिएस स्कुलमा कक्षा १० मा अध्ययनरत सजिना गिरीले बताइन् ।
नाटकका महत्त्वपूर्ण मानिएका कलाकार सविन भट्टराईले पनि एक पटक यो नाटकलाई नाटकघर सम्म आएर हेरिदिन हुन नाटक प्रेमी सम्पूर्णहरूलाई आग्रह समेत गरे ।
नेपाली साहित्य र नाटकको क्षेत्रमा उल्लेखनीय योगदान दिएका स्वर्गीय भिमनिधी तिवारीले लेखेको एकांकी नाटक ‘टीका’ लाई पुर्णाङ्की नाटक बनाएर काठमाडौँको कुञ्ज नाटकघरमा नेपाली रङ्ग मञ्चमा सक्रिय रूपमा काम गरिरहेको ऐक्य हेभन अफ आर्ट नामक संस्थाले प्रस्तुत गरेको छ ।
यो नाटकलाई सङ्गीत सापकोटाले निर्देशन गर्नुका साथै सुमधुर गीत र सङ्गीत समेत दिएका छन् ।
नेपाली साहित्यमा भन्दा नाटकको क्षेत्रमा अझै धेरै योगदान दिएका साहित्यकार तिवारीको एकांकी नाटकलाई पुर्णाङ्की नाटकमा उतार्न कठिन कार्य भएपनी नाटकको मर्मलाई न्यान दिने प्रयास गरेको निर्देशक सापकोटाले बताए ।
‘उ बेला नेपाली समाजमा बडा दसैँको महत्त्व अहिलेको भन्दा धेरै थियो । त्यो बेलाको कथालाई कति न्याय गरे म र मेरो टिमले मेहनत नाटकमा जस्ताको त्यस्तै देख्न सकिन्छ’, उनले भने, ‘हामीले नाटक ‘टीका’ मार्फत कामका लागी मुग्लान जानू पर्ने नेपाली युवाहरू बाध्यता त्यसमा पनि आमाबाबुको एक्लो छोरोले आफ्नो घर परिवारसँगै बसेर चाडबाडको रमाइलो माहोलमा दुःखसुख साट्न नपाउँदाको पिडा र परिवारले चाडबाडमा एक्लो छोरा सँगै नहुँदाको पिडाका बारेमा नाटकले बोल्नुका साथै नाटकले नेपाली युवाहरूले नेपाली माटोमा बसेर स्वदेशमै परिश्रम गर्नु पर्छ भन्ने सन्देश पनि दिन खोजेको निर्देशक सापकोटाले जानकारी दिए ।’
‘टीका’ नाटकमा सविन भट्टराई, श्रवण रानामगर, दिपेश काफ्ले, आनन्द महत, मणिराज पौडेल, शारदा अधिकारी, विनीता गुरुङ, राजकमल फकिर र न्युज महर्जनको उत्कृष्ट अभिनय रहेको छ । भदौ २० बाट सुरु भएको याे नाटक भदौ ३१ गतेसम्म मञ्चन हुनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।