चलचित्रको क्षेत्रमा कुनै समय खलपात्रको रुपमा चलेको नाम हो आकाश बाबु खवास । वि.स २०६४ बाट नेपाली सिने नगरीमा प्रवेश गरेका उनी खलपात्र अर्थात भिलेनमा रुचाइएको नाम हो । झट्ट हेर्दा नै भिलेन जस्तो देखिने उनले ‘दुइथोपा आशु मेघा टेलिसिरियल’ बाट अभिनययात्रा थालेका थिए । सुनसरी घर भएका खवासले के म तिम्रो हैन र फिल्मबाट चलचित्रमा अभिनय सुरु गरेका उनले नेपाली सिने क्षेत्रलाई ठुलो गुण नै लगाएका छन् ।
कलाकार भन्ने वित्तिकै नाक खुम्चाउने तत्कालिन नेपाली समाजमा खलपात्रको भुमिका निजभाएका उनले अभिनय र व्यक्तिगत जीवन फरक हो भन्ने थाहा नभएका मानिसहरुबाट अवहेलना समेत व्यहोर्नु परेको थियो ।
रंगमञ्चबाट आफुले जस्तो सुक्कै भसमिका पाए पनि समाजलाई सकारात्मक चेतना तथा विभिन्न कुराको जनचेतना दिलाउनु पर्छ भन्ने मानसिकता राख्ने खवासलाई तत्कालिन युवा पुस्ताले अत्याधिक मनपाराएका थिए । नेपाली सुपरहिट चलचित्रमा अभिनय कौशलता प्रदान गरेका खवासका अभिनय साउथ इन्डियन चलचित्र दशका दम मा समेत देख्न सकिन्छ ।
कलाकार भन्दा फरक विचार देखाउने समाजमा आफ्नो कला देखाएका उनलाई पुरानो खवासलाई साच्चै नै समाजको भिलेन तथा खल पात्रको रुपमा हेर्ने गरेको उनको गुनासो रहेको छ । पुरानो पुस्ताका मेरा गाँउ घरका बुढा पाका बुबा आमाले मेरो अभिनयलाइेृ समाजमा साच्चै पो हो भन्ने सोचेर गाली गरेर विग्रेको मान्छे भन्ने दृष्टिले हेर्नु हुन्थ्यो उनी भन्छन् ।
नयाँ पुस्ताले सिनेमा भित्रको कथा अनुसार भिलेनले अभिनय गरेको अभिनय बबाल छ दाई तपाई जस्तो भिलेको आवश्यकता छ यो सिनेमा लाईनमा तपाई हिरो भएर सेनेमामा कहिले नआउनुस तपाईको ब्राण्ड भिलेन नै ठिक छ भनेर हैसला दिनेको पनि कमी छैनन ।
आफुले निभाएको भुमिकाले उनलाई कहिल्यै अप्ठिारो पर्छ जस्तो लागेको थिएन । तर संयोग जुन समाज परिवर्तन र चेतनाको लागि उनले खलपात्रभुमिका खेलेका थिए, त्यही कारण बाटोमा हिड्दा बुढापाकाले गाँउ बिार्गाछ भनेर ढुङ्गा हान्न पो थाले । जस्तो सुक्कै परिस्थित ीलाई पनि सम्हालेर समाज र देशका लागि अभिनयबाट नै केही गनर्छु भन्ने सोच बनाएका उनले नेपाली सिन े क्षेत्रमा मात्र नभई साउथ इण्डियन मुभिमा समेत खल पात्रको भुमिका निर्वाह गरेका थिए ।
रंगमञ्चको दुनियाँमा खलपात्र निभाइरहेका खवास वास्तविक जीवनमा भने असल कलाकारको रुपमा चिनिन्छन् । करीब २ दर्जन चलचित्रमा अभिनय गरेका उनी हाल हृदय भरीको सुटिङमा व्यस्त छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।