काठमाडाै । नायिका श्वेता खड्काले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाट गरेकी छिन् । उनले प्रधानमन्त्रीसँगको भेटमा एकिकृत नमुना माझी बस्तीको बारेमा समेत कुराकानी भएको उल्लेख गरेकी छिन् ।
श्वेताले फेसबुकमा प्रधानमन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘हिजो, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युसंग भेट्ने शुभ अवसर जुर्यो । भेटका अवसरमा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीको बारेमा कुरा भयो । भेटका क्रममा उहाँले प्रकट गर्नु भएको सकारात्मक विचार र द्रुढ इच्छाशक्ती र देखेर म त दङ्ग भएँ ।
प्रधानमन्त्री ज्युबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले म भित्र भिन्नै जाँगर थपिदिएको छ । ५३ घर माझी परिवारका लागी एउटा सुन्दर बस्ती बनाउने यो अभियानमा सबै तह , सबै तप्का र सबै पक्षलाई जोड्ने मेरो प्रयास जारी छ । लौन त, राजनैतिक देश र अतिवादी सोचलाई पैताला मुनी कुल्चिएर सामाजिक विकासको पाटोमा हामी सबैले साझा पाईला चाल्ने कि !’
केहि समय अगाडी घाँटीमा ट्युमर देखिएपछि श्वेता अचेल फुर्सदमा छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।