काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमान कम्पनीहरुसँग एक अर्ब भन्दा बढी रकम असुली गर्न बाँकी छ । २० वर्षअघिदेखि विमान कम्पनीहरुले बक्यौता रकम बुझाएका छैनन् । नेपाल नागरिक उडड्यन प्राधिकरणले पटक पटक निर्देशन दिएपनि अहिलेसम्म बाँकी रकम भुक्तानी हुन सकेको छैन् । रकम नतिर्ने अधिकांश एयरलाइन्स बन्द भएका छन् ।
प्राधिकरणलाई स्वदेशी तथा विदेशी एयरलाइन्सले १ अर्ब बक्यौता तिर्न बाँकी छ । यो रकम नउठ्ने प्राधिकरणको निष्कर्ष छ । बक्यौता नतिर्नेमा नेपालमा संचालनमा रहेका र बन्द भइसकेका विभिन्न वायुसेवा कम्पनीबाट ठूलो रकम उठ्न बाँकी हो ।
कुन एयरलाइन्सको बक्यौता कति ?
पटक पटक ताकेता गर्दा पनि विमान कम्पनीहरुले सरकारलाई तिर्नुपर्नेे रकम बुझाउन आनाकानी गर्दै आएका छन् । प्राधिकरणका अनुसार कतिपय कम्पनीले त २० वर्षदेखिको बक्यौता तिर्न बाँकी छ । प्राधिकरणको तथ्याङ्क हेर्दा सबैभन्दा बढी बक्यौता नेपाल वायुसेवा निगमको छ । वायुसेवा निगमले प्राधिकरणलाई २० करोड रुपैयाँ तिर्न बाँकी छ ।
सरकारी स्वामित्वको वायु सेवा निगम मात्र होइन, भन्सार विभागले पनि प्राधिकरणलाई ७५ करोड १६ लाख बक्यौता बुझाउन बाँकी छ । गतबर्ष प्राधिकरणले विभिन्न १ सय ५० एयरलाइन्ससँग २ अर्ब ९४ करोड रकम बक्यौता उठाउनुपर्नेमा अहिलसम्म अधिकांशले भुक्तानी गरेका छैनन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।