एजेन्सी । अमेरिकी अभिनेत्री जेनिफर लोपेजले १९ वर्षअघि पहिरेको पहिरन अहिले फेरी पहिरेको भन्दै समाजिक सञ्जालमा चर्चा भएको छ । गायिक, फेशन डिजाइनर, निर्माता र व्यवसायीका रुपमा समेत चिनिने अभिनेत्री लोपेजले स्प्रिङ २०२० मिलान फेसन विकमा लगाएको ड्रेस उनले १९ वर्षअघि लगाएको ड्रेसको अपडेट भर्जन रहेको उनका प्रशंसकहरुले टिप्पणि गरिरहेका छन् ।
१९ वर्षअघि लगाएको ड्रेस
१९ वर्षअघि सन् २००२ मा ग्र्यामी पुरस्कार कार्यक्रममा लगाएको उनको ड्रेस गुगलमा करोडौँ पटक खोजी(खोजी हेरिएको थियो । तर त्यतीबेला अहिलेकाे जस्ताे भाइरल ट्रेन्ड थिएन जसका कारण पनि अहिले उनको पुरानो र नयाँ ड्रेस हेर्नकै लागि समेत पनि गुगलमा खोजी भइरहेको छ । उनले हालको स्प्रिङ २०२० मिलान फेसन विकमा लगाएको ड्रेस सोही ड्रेस जस्तै रंग र डिजाइन भएको देखिन्छ ।
स्प्रिङ २०२० मिलान फेसन विकमा लगाएको ड्रेस
५० वर्षको उमेरमा पनि निकै फिट देखिने अमेरिकी अभिनेत्री लोपेजलाई हिजोआज पनि निकै खोजी गरेर हेरिएको छ । उनलाई १९ वर्ष अघिको ड्रेसको अपडेटेड भर्जन भन्दै टिप्पणी समेत गरिनएको छ । जेनिफर लोपेजका इन्सट्राग्राममा झण्डै ११ करोड फ्लोअर रहेका छन् ।
भिडियाे:-
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।