एजेन्सी । तेलगू फिल्मका हाँस्य कलाकार वेणु माधवको ३९ वर्षको उमेरमा मृत्यु भएको छ । उनको हैदराबादको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
कलेजो र किड्नीको बिरामी रहेका वेणुको बुधबार दिँउसो १२ बजेर २० मिनेट जाँदा निधन भएको बताइएको छ ।सामाजिक संजालमा फ्यानहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।
वेणुलाई डाक्टरहरुले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएपनि उनको यहि बिचमा अचानक निधन भएको बताइएको छ । १५० भन्दा पनि धेरै तेलेगु फिल्ममा अभिनय गरेका वेणुको निधनले टलिउड पुरै शोकमा डुबेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।