काठमाडौं । सिद्धार्थ मल्होत्रा र तारा सुतारिया अभिनित फिल्म ‘मरजावाँ’को नयाँ गीत रिलिज भएको छ । टी–सिरिजको युट्युव च्यानल मार्फत ‘तुम हि आना’गीतको भिडियो रिलिज भएको हो । गीतको भिडियोमा अभिनेता सिद्धार्थ र तारा फिचर्ड छन् । कुनाल बर्माको शब्द तथा पायल देवको संगीतमा गीतलाई जुविन नौटियलले स्वरबद्ध गरेका छन् ।
फिल्ममा अभिनेत्री तारा सुतारियाले आवाज विहीन युवतीको भूमिका निभाएकी छन् । गीतको म्युजिक निर्माताको रुपमा आदीत्यदेव रहेका छन् । ८ नोभेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा अभिनेता ऋतेश देशमुखले नेगेटिभ भूमिकामा देखिदै छन् । फिल्ममा अर्की अभिनेत्री राकुल प्रित पनि मुख्य भूमिकामा छन् ।
फिल्मलाई मिलाप जावेरीले निर्देशन गरेका हुन्, भने भुषण कुमार, दीब्य कोसला कुमार, कृषण कुमार, मोनिषा आड्वाणी लगाएतले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
